झापाको बिर्तामोड-४ बाट प्रकाशन हुँदै आएको शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टले ५ औं स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ ।
शब्दपत्रले सोमबार अर्जुनधारा-५ स्थित पानीकलको वागेडाँगी सामुदायिक विकास केन्द्रको परिसरमा पाँचौ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा विभिन्न जातका फलफूलका पाँच वटा विरुवा रोपेको हो । शब्दपत्रले आँप, लिचि, अम्बकलगायतका पाँच परिकारका फलफुलका विरुपा रोपेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, शब्दपत्र प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरी, प्रालिका सञ्चालक पार्वता गिरी, उमेश भारती, तारा दुलाल, अर्जुन गिरी, सम्पादक तथा प्रकाशक उद्धव पुरी, सल्लाहकार वासु दुलाल, खड्गराज गिरी, इन्द्रमणि पौडेल, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव पारसमणि मैनाली, दशनामी समाज बिर्तामोडका सचिव प्रजित पुरी, कोषाध्यक्ष बिदुर गिरीलगायतको सहभागीतामा वृक्षारोपण गरिएको हो ।
वागेडाँगी सामुदायिक विकास केन्द्रका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) र उपाध्यक्ष एलबहादुर गिरीले वृक्षारोपण गरेर शब्दपत्रले वातावरण संरक्षणमा उल्लेखिय कार्य गरेको भन्दै उक्त कार्यक्रको प्रशंसा गर्दै बिरुवा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोही कार्यक्रमकाबीच प्रालिले चयन गरेका तीन जना सल्लाहकारहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ । वासु दुलाल, खड्गराज गिरी र इन्द्रमणि पौडेललाई सल्लाहकारको प्रमाणपत्र वितरण गरिएकोे हो ।
प्रालिका अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष गिरीले सामाजिक सञ्जालमा आउने जुनसुकै समाचारले अहिले भ्रम सिर्जना गरेको भन्दै त्यस्ता समचारको पछि नलाग्न सर्वसाधारण सबैलाई आग्रह गरेका छन् ।
प्रालिकी सञ्चालक पार्वता गिरीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश सम्पादक तथा प्रकाशक उद्धव पुरीले पारेका थिए भने सञ्चालन सञ्चालक उमेश भारतीले गरेका थिए ।







