झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा अवस्थित अन्त्येष्टी कार्य सहयोग समाजको अध्यक्षमा शिवलाल प्रसाईं चयन भएका छन् ।
समाजको दशौँ साधारण सभा तथा अधिवेशनले प्रसाईंको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै समाजको उपाध्यक्षमा निता चौहान कार्की र अर्जुन कार्की, सचिवमा तिर्थराज घिमिरे, सहसचिवमा रोषन कुंवर र कोषाध्यक्षमा राजेन्द्र ढकाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भीम अधिकारी, सरन दाहाल, रविन्द्र पूरी, विकाश संग्रौला, कृतिराज पौडेल, गीता सापकोटा पौडेल, राम ओली, विमला बराल र पुष्पा पाण्डे विष्ट सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक सूर्यप्रसाद सापकोटाले जानकारी दिए ।
त्यसैगरी लेखा समिति संयोजकमा रमेश भट्टराई तथा सदस्यमा इन्द्रमणि प्रसाईं र रामभक्त पौडेल चयन भएका छन् ।
समाजका अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष मधुसुदन निरौला रहेका छन् ।
उपाध्यक्ष तुलसा बरालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामभक्त पौडेल र राजकुमार कार्कीले गरेका थिए ।







