एम.डि मोडुलर किचनका प्रोपाइटर डेनि मगरले आफ्नो घर आश्रम नेपालमा रहेका असहाय र वेवारिसे अवस्थामा बसोबास गर्नेलाई खाना खुवाएका छन् ।
बिर्तामोड नगरपालिका वडा नंं.५ मा अवस्थित किचनका प्रोपाइटर मगरले विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा आश्रममा रहेका १५ जनालाई खाना खुवाएका हुन् ।
विभिन्न अवसरमा गरिने अनावश्यक खर्चलाई कटौती गरेर असहाय र वेवारिसेलाई खाना खुवाएको उनले बताए ।
Advertisement
उक्त कार्यक्रमको सहजीकरण रोशन लामा र आश्रम समितिका सदस्य विष्णु आचार्यले गरेका थिए ।







