• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरपालिकाले भन्यो: लुटिएका सामग्रीहरू तत्काल फिर्ता गर्नु


  •    संवाददाता/ सोमबार, भदौ ३०, २०८२  

  • झापाको बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ।

    नगरपालिकाले आज सूचना जारी गर्दै भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित तत्वहरुले नगरपालिका र वडा कार्यालयबाट विभिन्न प्रकारका सामान लुटेको भन्दै इमान्दारीका साथ फिर्ता गर्न आग्रह गरेको हो ।

    Advertisement

    नगरपालिकाले तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि जनाएको छ ।

    Advertisement

    नगरपालिकाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको बताउँदै दुस्ख व्यक्त गरेकी छन् ।

    प्रहरी प्रशासन अभावका कारण तत्कालका लागि शान्ति सुरक्षाको जिम्मेवारी टोल विकास समितिहरूलाई समूह बनाएर गस्ती गर्ने गरी व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले आन्दोलनका कारण प्रभावित पठनपाठनलाई निरन्तरता दिन दशैं र तिहारको बीचमा समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य प्रहरी चौकीहरू स्थापना गर्न आवश्यक सहजीकरण गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ।

    नगरपालिकाले भवनमा आगजनी हुँदा भौतिक संरचना र महत्वपूर्ण कागजात नष्ट भएकाले तत्काल सेवा सुचारु गर्न नसकिने जनाएको छ । नगरले वडा कार्यालय सहितको क्षतिको विवरण संकलन कार्य भईरहेको जनाएको छ ।

    भोलिदेखि नगरपालिका कार्यालयमा सरसफाइ कार्य सुरु गर्ने नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिए ।

    झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी राजन लिम्बु, सशस्त्र प्रहरीका एसपी तुलबहादुर भण्डारीसहितको टोलीले आज क्षतिग्रस्त कार्यालयको निरीक्षण गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.