झापाको कन्काई नगरपालिका-७ स्थित बिरिङ पुल छेउमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ७:३० बजे बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१-०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई-२ बस्ने वर्ष ३८ का दिनेश कुमार थपलिया र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ६० का सोमनाथ दंगाल घाइते भएका थिए ।
दुबै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ६ बजे मोटरसाइकलमा पछाडी सवार सोमनाथ दंगालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







