जेनजी प्रदर्शनका क्रममा झापाका विभिन्न कारागारमा रहेका ९२ जना थुनुवा फरार रहेका छन् ।
गत भदौ २४ गते भएको जेनजीको प्रर्दशनमा झापाका गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भएर अनुसन्धानमा रहेका कैदीबन्दी भागेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडस्थित अनारमनीबाट ३६ जना र झिलझिलेबाट पाँच जना गरी ९२ जना थुनुवाहरुलाई प्रदर्शनकारीले भगाएको झापा प्रहरीले जनाएको छ ।
Advertisement







