जेनजी पुस्ताको प्रदर्शनका क्रममा झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली लागेर अर्जुनधारा नगरपालिका-६ निवासी अन्दाजी २६ वर्षका गोपाल सेढाईको मृत्यु भएको हो ।
आज दिउँसो ४ बजेतिर गोली लागेका सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
Advertisement







