सीमान्तकृत सन्थाल समुदायबाट उपसचिव विश्वदिप बेश्रा पहिलो न्यायाधीश बनेका छन् ।
न्याय परिषद्ले रिक्त छ जिल्ला अदालतमा मंगलबार न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकको निर्णय अनुसार न्याय समूहबाट चार, कानुन र सरकारी वकिल एक-एक जनाले नियुक्ति पाएका हुन् ।
Advertisement
यसरी नियुक्ति पाउनेमा लोपोन्मुख सन्थाल जातिबाट विश्वदिप बेश्रा पनि अटाए । उनी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा कार्यरत छन् ।







