शौचालय जाँदा लडेर ताप्लेजुङ्गका असई इन्द्रबहादुर भुजेलको मृत्यु भएको छ ।
आज बिहान ८:१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेल डिउटी जाने क्रममा शौचालय जाँदै गर्दा अचानक लडेका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ्गमा लगिएकोमा उपचारका क्रममा ९:५५ बजे मृत्युु भएको हो । उनी झापा धुलावारी निवासी हुन् ।
Advertisement







