• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्थायी कमिटी सदस्य नेम्वाङसहित ७ जनालाई प्रचण्ड–नेपाल पक्षको कारबाहि


  •    संवाददाता/ बुधबार, फागुन १९, २०७७  

  • काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ ।

    बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान विपरीत अनुशासनको उल्लंघन गरेको भन्दै स्थायी कमिटी सदस्य तथा संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको नेकपा स्थायी कमिटी सदस्य भिम रावलले बताउनुभयो ।

    Advertisement

    नेम्वाङलाई संसदीय दलको उपनेताबाट तुरुन्त राजीनामा दिनको लागि निर्देशन गरिएको पनि उहाँले बताउनुभयो ।

    Advertisement

    त्यसैगरी, नेकपाका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले जनतामा भ्रम सिर्जना गर्ने गरी गलत सूचना प्रवाह गरेकाले केन्द्रीय कमिटीको सदस्यबाट निस्काशन गर्ने र प्रतिनिधि सभाको सदस्यको जिम्मेवारी पार्टी विधान अनुरुप निर्वाह गर्न र पार्टी विरोधी गतिविधि नगर्न निर्देशन गरेको छ ।

    पार्टी अनुशासनको उल्लंघन गरेको भन्दै केन्द्रीय कमिटी सदस्यहरु प्रभु शाह, महेश बस्नेत, कर्णबहादुर थापा, शान्ता चौधरी र सूर्य थापालाई केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिनुभयो ।

    केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चालेका प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संवैधानिक नैतिकता समेत कायम नराखेको स्पष्ट गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको पदमा बस्न नमिल्ने कुरामा जोड दिएको नेता रावलले बताउनुभयो ।

    ‘सम्मानित सर्वोच्च अदालतले नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको पक्षमा स्वागतयोग्य फैसला गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे पुष ५ गते गर्नुभएको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्नुको साथसाथै उहाँले संवैधानिक नैतिकता समेत कायम नराखेको स्पष्ट गरिसकेको छ ।

    बैठकले निर्वाचन आयोगले दलको आधिकारिकता सम्बन्धी निर्णय गर्न ढिला गरेकोमा खेद प्रकट गरेको छ । राज्यको कानुन, नेकपाको अन्तरिम विधान २०७५, लोकतान्त्रिक प्रणाली र मान्यता अनुरुप निष्पक्ष एवम् न्याय संगत निर्णय गर्न निर्वाचन आयोग समक्ष बैठकले माग गरेको नेता रावलले बताउनुभयो ।

    नेकपा केन्द्रीय कमिटी बैठकले संसद पुन:स्थापनाको पक्षमा आन्दोलनमा सहभागी सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ भने ओली पक्षमा लागेका नेकपाका सबै नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई पार्टीको काममा फर्किन आग्रह गरेको छ । फर्किएका सबैलाई पूर्वाग्रह नराखी यथोचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

    २३ गते हुने प्रतिनिधि सभाको बैठकको सन्दर्भमा अन्य राजनीतिक दलहरुसँग छलफल गरि निर्णय लिनको लागि पार्टीको सचिवालय र स्थायी कमिटीलाई अधिकार दिएको छ । साथै बैठकले संविधानको रक्षाको निम्ति आन्दोलन गर्ने राजनीतिक दलसँग सहकार्यको लागि आग्रह गरेको पनि नेकपा स्थायी कमिटी सदस्य भिम रावलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.