• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार नाघ्यो


  •    संवाददाता/ बुधबार, फागुन १९, २०७७  

  • काठमाण्डाै । सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्यांक फेरि सच्याएको छ ।

    शव व्यवस्थापनमा खटिएको नेपाली सेना र कोभिड संकट व्यवस्थापन केन्द्रबीचको तथ्यांक फरक भएपछि सेनाको तथ्यांकको आधारमा तथ्यांक सच्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

    Advertisement

    कोरोनाका कारण भएका मृत्युमा विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषाको आधारमा समायोजन गर्दा ज्यान गुमाउनेको तथ्यांक बढेको पौडेलले बताउनुभयो ।

    Advertisement

    आज दुई सय ३३ जनाको तथ्यांक थपिएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    नयाँ परिभाषा अनुसार सरकारले मिल्दाजुल्दा लक्षण भएको र त्यो क्षेत्रमा अरु कसैलाई कोरोना सङ्क्रमण पुष्टि भएको भएमा मृतकको परीक्षण नगरेको भए पनि कोरोनाका कारण ज्यान गएको तथ्यांकमा समेटेको प्रमुख पौडेलले बताउनुभयो ।

    यसैबीच पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    आज थपिएकामध्ये काठमाण्डाै उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डाैमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

    पछिल्लो २४ घण्टामा  ६२ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा सात सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.