राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा.महावीर पुनको आत्मकथा ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान विक्री भएको छ ।
आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक विक्री अभियान लिएर उनी एक महिना झापाका रहेका थिए । यस अवधिमा उनको पुस्तक विक्रीबाट दुई करोड २५ लाख संकलन भएको हो ।
महाकालीबाट पुस्तक विक्री गर्दै मेचीको किनार आइपुग्दा उनको सबैभन्दा बढी पुस्तक विक्री भएको जिल्ला झापा हुन पुगेको छ ।
Advertisement
उनको पुस्तक सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति विक्री भएको थियो । झापाको १५ वटै पालिकामा उनी पुस्तक विक्रीका लागि पुगेका थिए ।
पुस्तक विक्रीबाट संकलन भएको रकम आविष्कार केन्द्रमार्फत वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च हुँदै आएको वैज्ञानिक पुनले बताए ।







