झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार साँझ ७:१५ बजे कमल गाउँपालिका-३ केराधापस्थित भित्री सडकखण्डमा क्याम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश नं.१-०१-०१६ प ५१०५ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ८८ वर्षीय टिकाराम श्रेष्ठलाई ठक्कर दिएको थियो ।
टाउको र दाहिने खुट्टामा चोट लागेका घाइते श्रेष्ठलाई स्थानीय मेडिकल केर्खामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा राति ११ बजे श्रेष्ठको मृत्यु भएको हो ।
Advertisement
प्रहरीले मोटरसाइकल र चालक कमल-५ बस्ने ५१ वर्षीय मानकुमार सुबेदीलाई नियन्त्रणमा लिएको छ ।







