निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले स्कूल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने भएका छन् ।
विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेसँगै शुक्रबार देशैभरका स्कूल बसहरूले नगर परिक्रमा गर्ने भएका हुन् ।
बुधबार यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै यही भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका थिए ।
यसैबीच प्याब्सन र एनप्याब्सन आबद्ध बिर्तामोड नगरभित्रका निजी विद्यालयहरुले केन्द्रिय समितिको निर्णयमा एैक्यवद्धता जनाउँदै स्कूल बसहरूले नगर परिक्रमा गर्ने भएका छन् ।
विराटपोखर उत्तरमा गाडीहरु पार्किङ गरेर महानन्द चोक हुँदै नगर परिक्रमा गर्दै चारपाने पुगेर स्थगित गर्ने जिल्ला प्याब्सन झापाका सदस्य देवेन्द्र हुमागाईंले जानकारी दिए ।







