अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी-२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज मेलबर्न स्टार्ससँग खेल्दैछ ।
उक्त खेल डार्बिनमा नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे सुरु हुनेछ ।
प्रतियोगीताअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो । पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो । यो शङ्खलामा नेपालको पहिलो सहभागिता हो ।
Advertisement
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्ने छन् ।







