धार्मिक एवं सामाजिक व्यक्तित्व ध्रुवप्रसाद शिवाकोटीको निधन भएको छ ।
बिर्तामोड नगरपालिका वडा नंं.१० बिराटपोखर निवासी शिवाकोटीको आज बिहान ७:३० बजे करिव ६५ वर्षको उमेरमा ह्रदयाघातबाट निधन भएको हो ।
घरमा ह्रदयाघात भएपछि उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सचिव कुमार भट्टराईले बताए । शिवाकोटी राष्ट्रिय प्रजातन्त्र पार्टीको धार्मिक बिभागको कोशी प्रदेश प्रमुख रहेका थिए ।
Advertisement







