• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस चौतारी झापाले आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा लेखनवृत्ति दिने घोषणा


  •    संवाददाता/ शनिबार, साउन ३२, २०८२  

  • प्रेस चौतारी नेपाल झापाले तीन विषयमा लेखनवृत्ति घोषणा गरेको छ ।

    संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठककोे स्मृतिमा स्थापित लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको हो ।

    Advertisement

    कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रमा दाहाललाई शुक्रबार पहिलो लेखनवृत्ति प्रदान गर्दै प्रेस चौतारी झापाले ६-६ महिनामा प्रदान गरिने लेखनवृत्तिको लागि विषय घोषणा गरेको हो । प्रेस चौतारी झापाका नेता, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विषयसहित दाता घोषणा गरेका हुन् ।

    Advertisement

    दोस्रो लेखनवृत्ति प्रेस चौतारीका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेले वित्तीय क्षेत्रमा, तेस्रो अग्रज पत्रकार खगेन्द्र भण्डारीले कृषि र चौथो प्रेस चौतारीका कोशी प्रदेशका सचिव लक्ष्मी उप्रेतीले स्वाथ्य क्षेत्रको विषयमा उत्कृष्ट समाचार लेख्नेहरुलाई नगदसहित लेखनवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

    पहिलो लेखनवृत्तिका लागि पत्रकार महासंघ कोशी प्रदेशको उपाध्यक्ष अम्बिका भण्डारीले सहयोग गरेकी थिइन् । पहिलो लेखनवृत्तिका लागि पत्रकार दाहालको मुस्लिम महिलाहरुको न्यायमा पहुँच पुग्न नसकेको विषयको समाचार छनौटमा परेको थियो ।

    कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्मानपत्रसहित पत्रकार रमा दाहाललाई पहिलो लेखनवृत्ति प्रदान गरेकी थिइन् । झापामा संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिका लागि लेखनवृत्ति प्रदान गर्न थालिएको हो ।

    यसैबीच प्रेस चौतारी नेपाल झापाले नारी सञ्चार गृहमा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । नगर प्रमुख प्रसाईले खादा लगाउदैं बधाई ज्ञापन गरेकी थिइन् ।

    कार्यक्रमको अवसरमा जिल्लाभरका महिला पत्रकारहरुलाई दर खुवाइएको थियो । तीज मिलन समारोह समेत आयोजना गर्दै खुशी साटासाट गरिएको छ ।

    प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा नारी सञ्चार गृह झापा अध्यक्ष स्वस्तिका आचार्य, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उपाध्यक्ष सुनिरा मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.