बिर्तामोड नगरपालिकाले विद्यालयहरुमा आज शोक विदा दिइएको छ ।
नगरपालिकाले शिक्षासेवी गुरुभक्त न्यौपानेको निधनको शोकमा बिर्तामोडका सम्पूर्ण विद्यालयहरुमा शुक्रबार विदा दिएको हो ।
नगर शिक्षा समितिका निवर्तमान सदस्य तथा कंचनजंघा अंग्रेजी माविका संस्थापक प्राचार्य न्यौपानेले शिक्षा क्षेत्रमा सक्रिय योगदान पुर्याएकाले आज नगरभरिका सम्पूर्ण सामुदायिक, संस्थागत, धार्मिक तथा पूर्व प्राथमिक विद्यालयहरुलाई शोक विदा दिने निर्णय गरिएको नगर शिक्षा प्रमुख तिलचन भण्डारीले सूचना जारी गरी जनाएका छन् ।
Advertisement
विभिन्न शिक्षण संस्थामा अध्यापन गरेका न्यौपानेले शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएका छन् ।







