भालु खोलामा डुबेर दमकमा एक बालकको मृत्यु भएको छ ।
आज बिहान ७:०० बजे दमक नगरपालिका वडा नं.१० बस्ने इन्द्र प्रसाईका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाई र सोही ठाउँ बस्ने कृष्णप्रसाद ढकालको छोरा ११ वर्षकै भुपेन्द्र ढकाल घरदेखि अन्दाजी २०० मिटर उत्तरमा रहेको भालु खोलामा पौडी खेल्न गएका थिए । त्यसक्रममा धर्मेन्द्रलाई खोलाले ६०० मिटर परसम्म बगाइरहेको अवस्थामा स्थानीयले देखेर उद्धार गरेका थिए ।
बालकलाई खोलाबाट निकाली उपचारको लागि निम्स अस्पताल दमक पठाएकोमा अस्पतालमा पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका छन् ।
Advertisement
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







