• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वीरता लेडी जेसीजद्वारा श्रमिक महिलालाई दर खुवाउँदै उपहार वितरण


  •    संवाददाता/ बुधबार, साउन २९, २०८२  

  • ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई चरितार्थ गर्दै वीरता लेडी जेसीजले श्रमिक महिलालाई दर खुवाउँदै उपहार बाँडेको छ ।

    अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसर पारेर दिगो विकासका लक्ष्यहरूलाई स्थानीय स्तरमा जोड्ने पवित्र उद्देश्यका साथ संस्थाले भद्रपुरस्थित नेपालको पहिलो निजी चिया बगान बुधकरण टी स्टेटमा कार्यरत महिला मजदुर दिदीबहिनीसँग तीज मिलन कार्यक्रम आयोजना गरेको हो ।

    Advertisement

    उक्त कार्यक्रममा चिया बगानमा दिनरात पसिना बगाउने मजदुर दिदीबहिनीहरूको मुहारमा खुसी ल्याउने प्रयास स्वरूप उनीहरूसँग नाच्दै, गाउँदै आत्मीयता साटासाट गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले बताइन् ।

    Advertisement

    कार्यक्रमको मुख्य आकर्षणको रूपमा सम्पूर्ण मजदुर दिदीबहिनीलाई तीजको उपहार स्वरूप सारी तथा चुरापोते वितरण गरिएको थियो । उपहार वितरण पश्चात् सम्पूर्ण दिदीबहिनीलाई दर खुवाएर शुभकामना आदानप्रदान गरिएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुधकरण टी स्टेटका सञ्चालक राजेन्द्र सिंह राजवंशीले वीरता लेडी जेसीजले समाजको सबैभन्दा महत्त्वपूर्ण तर कहिलेकाहीँ ओझेलमा पर्ने वर्गसँग तीज मनाएर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका छन् ।

    वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओलीले कार्यक्रममाथि प्रकाश पार्दै जेसीजले युवाहरूको ऊर्जालाई सधैँ सकारात्मक र सामाजिक अभियानमा लगाउने र यो कार्यक्रम त्यसैको एक सानो प्रयास भएको बताइन् ।

    संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सौजन्यदाताहरू पूजा कलेक्सनका प्रोप्राइटर नवीन अग्रवाल र पूजा अग्रवाल तथा अप्सरा चुरा पसलका प्रोप्राइटर सुरज साह र अञ्जली साहप्रति विशेष आभार व्यक्त गरेको छ ।

    कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष मुना ढुङ्गेल रहेको उक्त कार्यक्रममा कानुनी सल्लाहकार अस्मिता राईले आस्था पाठ गरेकी थिइन् भने जनसम्पर्क अधिकारी पारु श्रेष्ठले मिसन भिजन वाचन गरेकी थिइन् ।

    महासचिव प्रभा रायले सञ्चालन गरेको कार्यक्रममा वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा ढकाल, पूर्व अध्यक्ष क्लबकी अध्यक्ष मञ्जु पोखरेल, पूर्व अध्यक्षहरू संगीता गिरी, संगीता चिमरिया, सरु भुर्तेल, मानार्थ सदस्य अनिता पुरी, आजीवन सदस्य शिला ढकाल लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.