झापाको मेचीनगरमा रहेको पालिया खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान ९:३० बजे मेचीनगर नगरपालिका-७ सिद्धार्थ टोलस्थित पालिया खोलामा नाम थर, वतन नखुलेको करिब ५५ बर्षकी महिला घोप्टो परि मृत अवस्थामा फेला परेकी हुन् ।
स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी सतिघट्टाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । करिव पाँच-सात दिनअघि उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
Advertisement







