लायन्स क्लब अफ बिर्तामोड सिटीले बोनम्यारो पीडित एक बालकलाई उपचार सहयोग गरेको छ ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ सीको ५५ औं स्थापना दिवसको अवसरमा बोनम्यारो (क्यान्सर) रोगले पीडित बिर्तामोड-५ जात्रुवारी इन्द्रेणी टोल निवासी मुकेश ठाकुरका ४ बर्षीय छोरा उज्ज्वल ठाकुरको उपचारका लागि २१ हजार रुपैयाँ सहयोग गरिएको हो ।
लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन शर्मिला जोशी, प्रो-लायन्स सत्यनारायण शर्मा, रिजन चियर पर्सन पार्वता गिरी, एनएलएफ चिफ शैलेन्द्र कुरुङ्हाङ, आइपीपी उपेन्द्र बानियाँ, एओजी घनश्याम चौधरीलगायतको उपस्थिति रहेको थियो ।
Advertisement
पीडित बालकको उपचारमा केही राहत सहयोग पुग्ने उद्देश्यले बालकका पिता मुकेश ठाकुरलाई रकम प्रदान गरिएको अध्यक्ष गुप्ताले बताए ।







