पछिल्लो समय झापामा हात्तीको उपद्रो बढ्दै गएको छ । यसैबीच झापाको दमकमा जंगली हात्तीले चार वटा घरमा क्षति पुर्याएको छ ।
दमक नगरपालिका वडा नं.२ स्थित बेलडाँगी बन कार्यालय छेउमा चार वटा घरमा गएराति १० बजेको समयमा हात्तीले क्षति पुर्याएको हो ।
दमक-२ का टंकबहादुर राईको टिनको छाना टाटीले बेरेको भुई तले घरको टाटी बेरा भत्काएर घर भित्र राखेको एक बोरा चामल, एउटा ड्रम रहेको जाड खाँदा १० हजार रुपैयाँ बराबरको क्षति गरेको छ ।
सोही स्थानका कुलबहादुर चौहानको टिनले बारेको मन्दिर कोठा भत्काएर्र १५/२० झुत्ता मकै खाएर पाँच हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
यस्तै चन्द्रकला खड्काको टिनको छानो टाटी बेरा भएको भान्सा घरको टाटी बेरा भत्काउँदा घर भित्र राखेको एक बोरा चामल, ५ केजी दाल खाँदा पाँच हजार रुपैयाँको बराबरको क्षति गरेको छ भने राजु लिम्बु र पुष्प खतिवडाको भान्सा घरको टिन सामान्य भत्काएको प्रहरीले जनाएको छ ।
घरमा जंगलबाट आएको दुई वटा हात्तीले क्षति पुर्याएर गएराति ११ बजे जंगल तर्फ नै भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







