• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका कृषकलाई समर्थन मूल्य रकम हस्तान्तरण


  •    संवाददाता/ शुक्रबार, साउन १७, २०८२  

  • झापाको बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ ।

    नगरपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

    Advertisement

    समर्थन मूल्य प्राप्त गर्ने कृषकहरु मध्ये सबैभन्दा थोरै २ सय ८ रुपैयाँ प्राप्त गर्ने वडा नं.७ का रविन बराल र सबैभन्दा धेरै ५ लाख ३४ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्ने वडा नं ७ कै प्रदिप खनाल रहेका छन् । समर्थन मूल्यको भुक्तानी कार्यविधि माघ १५ गते बसेको कार्यपालिका बैठकबाट पास गरेर रकम भुक्तानी गरिएको हो ।

    Advertisement

    नगरका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाका अनुसार एक वर्षको अवधीमा मुख्य संकलन केन्द्रबाट ७३ लाख २३ हजार ५ सय ४० रुपैयाँ बराबरको तरकारी बिक्री गरेको छ । यस अवधिमा संकलन केन्द्रमा विभिन्न प्रकारका २ लाख ७६ हजार ३ सय २४ किलो तरकारी प्राप्त भएको छ ।

    उक्त कार्यक्रममा आवद्द व्यवसायिक तरकारी उत्पादन गर्ने कृषकको संख्या १ सय १७ जना छ । जसमध्ये मुख्य संकलन केन्द्रमा तरकारी विक्री गर्ने कृषकको संख्या ६७ जना छ । बिर्तामोडमा तरकारीको न्युनतम समर्थन मूल्य प्रतिकिलो काउली २६, बन्दा २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौंला २६, करेला ३२, भाण्टा २६, सिमी ४६, काँक्रा २५, भिण्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेडे खुर्सानी ५१, बोडी ३०, लौका २७ टमाटर ३० रुपैंया छ ।

    बिर्तामोडमा गएको आर्थिक वर्षदेखि ‘पारीको होइन बारीको खाउँ’ भन्ने मुख्य नाराका साथ एउटा मुख्य संकलन केन्द्र र विभिन्न वडामा गरेर ७ वटा विक्री केन्द्र सञ्चालनमा छन् । तरकारी उत्पादनमा मुख्य जोड दिएको बिर्तामोड नगरपालिकाले तरकारी ढुवानीको लागि २६ लाख रुपैयाँमा कृषि एम्बुलेन्ससमेत खरिद गरिसकेको छ । यसमा संघिय सरकार र बिर्तामोड नगरपालिकाको बराबर लगानी छ ।

    कार्यपालिका सदस्य तथा कृषि विकास शाखा संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कृषि विज्ञ राजेन्द्र प्रसाद उप्रेती, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम झापाका प्रमुख रविन्द्र सुवेदी लगायत जनप्रतिनिधि तथा कृषकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.