पलेशा गोवर्धनले १०औं एशियाली पारा तेक्वान्दो च्याम्पियनशिप (जी–४) मा कांस्य पदक जितेकी छन् ।
मलेशियाको कुचिङमा आज भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के-४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
जुलाई २४ देखि आजसम्म भएको प्रतियोगितामा पलेशासहित पाँच जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए । टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।
Advertisement







