वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाका मेचीनगरका एक युवाको केही दिनअघि मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका-३ का २५ वर्षीय अभिक्षित गिरीको साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै अवस्थामा मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए ।
Advertisement
उनका अनुसार राजदुतावसमा जानकारी गराएको र केही दिनमै उनको शव नेपाल आइपुग्ने छ ।
श्रीमान् गिरीको मृत्युपछि हाल मेचीनगर-१० स्थित धुलावारीमा रहँदै आएकी बिना गिरीको एक मात्र छोरा अभिक्षित गिरी हुन् ।







