मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर झापाको कचनकवलका एक जनाको ज्यान गएको छ ।
गएराति कचनकवल वडा नं.७ सितागढी टोल बस्ने ५० वर्षीय अरूण राजवंशीको घर नजिकै रहेको सिंचाईको मोटरमा तार जोडने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
उक्त घटनाका विषयमा थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको थियो । सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







