झापाको बिर्तामोडमा दोस्रो संस्करणको झापा रक स्टार हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन यही साउन १० गते बिर्तामोडमा हुनेछ ।
आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर विद्यालयस्तरको प्रतियोगिताबारे जानकारी दिइएको हो । अमृत स्टोर बिर्तामोडको आयोजना हुने वार्षिक साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रमको तयारी सुरु गरिएको सम्मेलनमा जानकारी दिएको थियो ।
प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयले सहभागी जनाउने उनले बताए ।
कार्यक्रम संयोजक सुनिता तामाङका अनुसार ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ भने ब्यान्डमा एउटा वाद्यवादनमा नेपाली लोक बाजा हुनुपर्नेछ ।
पहिलो चरणबाट दोस्रो चरणमा छनोट भएका टप ६ वटा प्रतिस्पर्धी सांगीतिक समूहहरूले फाइनल चरणको प्रस्तुति दिन पाउने छन् ।







