नेपालको मुख्य समस्या भनेको बेरोजगारी हो । अधिकांश नेपालीहरु रोजगारीको खोजी गर्दै तथा अध्ययनका लागि विभिन्न मुलुक गइरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा दिनानुदिन वृद्धि भइरहेको तथाङ्कले देखाउँछ ।
यसैबीच झापाको बिर्तामोडका एउटै टोलका १९ जोडी अष्ट्रेलियामा बस्दै आएका छन् ।
बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको शान्ति टोल विकास संस्थाका १९ घरपरिवार अष्ट्रेलियामा बस्दै आएका अध्यक्ष दिनेश ओझाले जानकारी दिए ।
Advertisement
लिङ्कन मन्टेश्वरी स्कुलबाट पश्चिमतर्फ अवस्थित उक्त टोलका १९ जनाको परिवार वैदेशिक रोजगारीको शिलशिलाका क्रममा अष्ट्रेलियाका विभिन्न सहरहरुमा बस्दै आएका छन् ।
त्यस्तै उक्त टोलका १५ जनाभन्दा बढी अष्ट्रेलिया बाहेक अन्य विभिन्न देशहरु जापान ,कोरिया,दुबै,मलेसियामा अध्ययन गर्न तथा रोजगारीको शिलशिलामा रहेका छन् ।







