झापाको बिर्तामोडमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ ।
आज दिउँसो २:२० बजे बिर्तामोड नगरपालिका-२ पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अर्जुनधारा नगरपालिका-४ भाङबारी बस्ने ३५ वर्षीय दिपक पाण्डेको मृत्यु भएको हो ।
उनी विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रको फिल्डतर्फ काम गर्दै आइरहेका थिए । ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पाण्डेलाई सोही कार्यालयका कर्मचारीले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचारको गराउने क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







