• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकाको पालनपोषणमा समस्या


  •    संवाददाता/ बिहिबार, असार २६, २०८२  

  • अपाङ्गता भएका अनाथ र टुहुरा बालबालिकाहरुको पालनपोषणमा जुटेको मेचीनगरको एउटा सामाजिक संस्थाले खर्च धान्न समस्या भएको बताएको छ ।

    झापाको मेचीनगर नगरपालिका वडा नं.७ मा रहेको सामाजिक संस्था समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिको पाँच कठ्ठा जग्गामा तीन तले भवनमा हाल १६ जना अपाङ्गता भएका अनाथ तथा टुहुरा बालबालिकाहरु बस्ने गर्छन् ।

    Advertisement

    उनीहरुलाई उक्त संस्थाले पालनपोषण र पढ्नदेखि सबै कुराको व्यवस्था गरिदिएको छ । वि.सं.२०६० सालमा स्थापना भएको संस्थामा मेचीनगरसहित विभिन्न जिल्लाका २० जना मध्ये हाल १६ जनामा १० जना बालक र ६ जना बालिका रहेको समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका उपाध्यक्ष गंगाप्रसाद संग्रौलाले जानकारी दिए ।

    Advertisement

    उनीहरु उदयपुरको त्रियुगा नगरपालिका, ताप्लेजुङ, सुनसरीको इटहरी, भद्रपुर र मेचीनगर नगरपालिकाका अपाङ्गता भएका अनाथ र टुहुरा बालबालिकाहरु हुन् ।

    संस्थामा बुबा-आमा नभएका, अपाङ्गता भएर ल्याएका, कोहि विचल्लीमा परेका लगायतका बालबालिकाहरु छन् । प्राय: कोहि पनि प्रष्ट बोल्न सक्ने अवस्थाका छैनन् ।

    उनीहरुमध्ये सात जना स्थानीय सरस्वती आधारभूत विद्यालयमा पढ्ने गरेको संग्रौलाले बताए । उनका अनुसार अन्य बाँकी रहेकालाई संस्थामा नै शिक्षकका रुपमा राजेश गुरागाईले पढाउने गरेका छन् ।

    संस्थामा दुई जना कर्मचारीमा शिक्षक गुरागाई र अर्का कर्मचारी अम्बिका पोखरेल बालबालिकाको सेवामा खटिएका छन् । बालबालिकाको पालनपोषण, कर्मचारी र संस्थाको व्यवस्थापनका लागि मेचीनगर नगरपालिकाले बर्षेनि ५ लाख रुपैयाँ बजेट दिने गरेको समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका अध्यक्ष धर्मराज घिमिरेले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.