झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज दिउँसो अन्दाजी ३ बजे भद्रपुर नगरपालिका वडा नं.३ देउनिया खोला र मेची खोलाको दोभानमा डुबेर बालकको मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका वडा नं.२ महारानी चोक बस्ने अर्जुन लिम्बूका छोरा अन्दाजी १२ वर्षका अर्पण लिम्बू साथीहरुसँग त्यहाँ पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
Advertisement
घटनाबारे जानकारी प्राप्त हुना साथ प्रहरी चौकी किचकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा खोजतलास गर्ने क्रममा सोही स्थानमा अर्पणलाई मृत फेला पारेको हो ।







