सिद्धार्थ बैंक लिमिटेडले बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन वितरण गरेको छ ।
सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन बिर्तामोड उद्योग बाणिज्य संघलाई हस्तान्तरण गरेको हो ।
सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश हेड सुवास श्रेष्ठ, बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई डस्टविन हस्तान्तरण गरेका थिए ।
सिद्धार्थ बैंकले प्रदान गरेको डस्टविन बिर्तामोड नगरलाई स्वच्छ सफा राख्न मद्दत पुग्ने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश हेड सुवास श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन वितरण गरेको बताएका छन् ।
उक्त कार्यक्रमको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए ।







