• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेलेर नबस्नु: मेयर तामाङ


  •    संवाददाता/ शुक्रबार, असार १३, २०८२  

  • झापाको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङले आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेल्न छोडेर सहयोग गर्न आग्रह गरेका छन् ।

    उनले विरोधका नाममा विरोध गर्ने तर आफ्नै घर अगाडि कालोपत्रे हुदाँ वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको बताएका छन् ।

    Advertisement

    अर्जुनधारा नगरपालिका वडा नं.३ को कार्यालय परिसर खुदुनावारीमा बिहीवार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताएका हुन् । नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा आम नगरवासीको चासो र चिन्ता हुनुपर्ने भन्दै आगामी दिनमा आफ्नो घर अगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम खेलेर नबस्न आग्रह गरेका हुन् । घर अगाडि कालोपत्रे भइरहेको छ, सचेत युवा क्यामेरमा व्यस्त छ, उनले भने त्यहि युवा क्यारेम खेलिसकेर नगरपालिकाले केहि गरेन भन्दै फेसबुकमा लेख्छ । बाटो नजिकै घर भएका मान्छेहरुलाई पाहुनालाई जस्तै बोलाउनुपर्छ ।

    Advertisement

    सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदैं उनले नगरको विकासको दायित्वमा नगरवासीको पनि उत्तिकै भूमिका रहेको बताए । आफ्नो वडामा, घर अगाडि कसरी काम भइरहेको छ भन्ने विषयमा समेत कमैले चासो दिइरहेको उनको भनाई छ । काम गरेको नदेख्ने, नकारात्मक कुराहरु मात्र फैल्याउनु भनेको गैरजिम्मेवार नागरिकको काम हो, उनले थपे विकास निर्माणदेखि नगरका सबै किसिमका कामहरुमा नगरबासीले ध्यान दिन जरुरी छ । सबैले तथ्यसहित आलोचना गरेको कुरा पाच्य हुने भए पनि विना तथ्य गर्नु भनेको विरोधको लागि विरोध मात्र हुने स्पष्ट बनाए ।

    सार्वजनिक सुनुवाईमा उपमेयर खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं ३ का वडाध्यक्ष सिताराम भट्टराई लगायतले जवाफ दिएका थिए । सहभागीहरुले ट्रिपरलाई टाइम कार्ड लागु गर्नुपर्ने, वडामा टोल विकास संस्था, खेलकुद समिति गठन गर्नुपर्ने, बजारमा प्रभावकारी अनुगमन गर्नुपर्ने, ऐलनी जग्गाको समस्या समाधान गर्नुपर्ने, खोला दोहन रोक्नुपर्ने, अनुदानका सूचना सबैसम्म पुराउनुपर्ने, सडक वत्तिको समस्या समाधान गर्नुपर्ने, वडा नं.३ को कार्यालय रहेको जग्गा क्षेत्रको समस्या समाधान गर्नुपर्ने, चुनावी घोषणा पुरा गर्नुपर्ने सवाल र सुझाव राखेका थिए ।

    अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडाहरुबाट गरिएको नागरिक अभिमत र बहिर्गमन सर्वेक्षणको नतिजा कार्यक्रम संयोजक प्रदीप परियारले सार्वजनिक गरेको कार्यक्रमको सहजीकरण विजय तिम्सिनाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.