नारी सञ्चार गृह झापाले नयाँ नेतृत्व चयन गरेको छ ।
झापाका पत्रकार तथा सञ्चारकर्मी महिलाहरुको साझा संस्थाका रुपमा रहेको नारी सञ्चार गृहको अध्यक्षमा स्वस्तिका आचार्य चयन भएकी छन् ।
बिर्तामोडमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत चयन भएका हुन् ।
Advertisement
संस्थाको कार्यसमिति सदस्यहरुमा विनिशा शर्मा गौतम, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का चयन भएका छन् ।







