नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि ६ जना खेलाडीलाई रिटेन गरेको छ ।
चितवनले टोलीका कप्तान कुशल मल्लसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो ।
यस्तै चितवनले शरद भेषवाकर, दिपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की, रञ्जीत कुमार र सलाहुद्दीन खानलाई रिलिज गरेको छ ।
Advertisement
यसअघि एनपीएलको उपविजेता सुदूरपश्चिम रोयल्सले पनि टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ जना खेलाडीलाई रिटेन गरेको थियो भने ६ जना खेलाडीलाई रिलिज गरेको थियो ।







