त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकलाई सङ्घीय अस्पताल तथा प्रतिष्ठानमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र विश्वविद्यालयबीच समझदारी भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा.खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ ।
समझदारीमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्नेसमेत उल्लेख छ ।
Advertisement







