हात्तीको आक्रमणबाट घाइते भएका झापा मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
असार २ गते बिहान हात्तीको आक्रमणबाट घाइते भएका मेचीनगर-१ दुर्जन चोक बस्ने ६८ वर्षीय श्रेष्ठलाई आफ्नै बारीमा एउटा जंगली हात्तीले लखेटेर आक्रमण गरेको थियो ।
घाइते श्रेष्ठलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचार संभव नभएपछि परिवारले बिहीबार साँझ अस्पतालबाट घर लिएर गएका थिए । गएराति ८:२० बजे घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement
पछिल्लो समय झापामा हात्तीको आक्रमणबाट लगातार जनधनको क्षति हुँदै आएको छ ।







