• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस क्लब मेचीनगरले गरिदियो पत्रकारको दुर्घटना बीमा


  •    संवाददाता/ बुधबार, असार ०४, २०८२  

  • प्रेस क्लब मेचीनगरले सदस्यहरुको नि:शुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ ।

    आज क्लबको स्थापना दिवसको अवसरमा ३९ जना सदस्य पत्रकारहरुको नि:शुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो ।

    Advertisement

    हरेक वर्ष नविकरण हुने गरी ३९ जनाको २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका सचिव प्रविण अधिकारीले जानकारी दिए ।

    Advertisement

    नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोडमार्फत पत्रकारको दुर्घटना बीमा गरिएको हो । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका मेचीनगरका अध्यक्ष प्रकाश पौडेले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेसँगै बीमा समेत लागू भएको छ ।

    प्रेस क्लब मेचीनगरमा ६० पत्रकार आवद्ध छन् । त्रमिकरुपमा सबै सदस्यको नि:शुल्क सामुहिक दुर्घटना बीमा गरिने उपाध्यक्ष खगेन्द्र घिमिरेले बताए ।

    दुई पत्रकार पुरस्कृत

    यसैबीच सोही अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन् ।

    ११ हजार १११ को पत्रकारिता पुरस्कार पत्रकार मुक्ति पौडेललाई र ५ हजारको प्रोत्साहन पुरस्कार किशोर उपरकोटीलाई प्रदान गरिएको थियो ।

    प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं.१ का सांसद विश्वप्रकाश शर्मा, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उक्त कार्यक्रममा भारतको सिलगुडी जर्नालिस्ट क्लब पश्चिम बंगाल, काँकरभिट्टा पर्यटन बोर्ड सहितको सहभागितामा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक अन्तरसंवाद सम्पन्न गरिएको छ ।

    उपाध्यक्ष खगेन्द्र घिमिरेले मन्तव्यबाट स्वागत गरेका कार्यक्रमको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.