झापाको बिर्तामोडमा एक बेवारिसे शव फेला परेको छ ।
बिर्तामोड-१ स्थित हिरो मोटरसाइकल शोरुमको अगाडि पेटीमा आज बिहान अन्दाजी ६५ वर्षको पुरुष नांगो अबस्थामा मृत फेला परेका हुन् ।
तत्काल नाम थर वतन खुल्न नसकेको ती व्यक्ति तराई मूलको जस्तो देखिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । ती व्यक्तिलाई स्थानीयले मागेर हिडेको देखेका थिए ।
Advertisement
मृतकको पहिचान खुलाउने र अन्य कानुनी प्रक्रिया भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।







