झापाको अर्जुनधारामा स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति ८:३० बजे अर्जुनधारा नगरपालिका वडा नं.६ माता मन्दिर नजिक रहेको सीएम स्वीमिङ पुलमा डुबेर काठमाडौँ महानगरपालिका वडा नं.१४ बाफल घर भई बिगत २ महिना अगाडीदेखि बिर्तामोड बसपार्कमा बस्दै आएका ४० वर्षीय केशब पाठकको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर उनी सिकिस्त भएका थिए । उनलाई उद्धार गरी उनकै साथीहरुले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







