भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।
लण्डनका लागि उडेको विमान टेकअफ गर्ने वित्तिकै दुर्घटनामा परेको हो । विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु गरी २४२ जना रहेको समाचारमा जनाइएको छ ।
Advertisement
अहमदावाद विमानस्थलबाट उडेलगत्तै १५ किलोमिटरको दुरीमा रहेको मेघानीनगरमा विमान दुर्घटना भएको हो । अहिले घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ । विमानमा सवार यात्रुहरूबारे अहिलेसम्म जानकारी आइसकेको छैन ।







