झापाको मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा रहेको लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) मा डुबान हुँदा ६० लाख बराबरको क्षति भएको छ ।
रमेश आचार्यले अन्डर ग्राउण्डमा सञ्चालन गरेको डिपार्टमेन्टमा गएराति परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नालीको भल पानी छिरेको हो ।
डिपार्टमेन्टमा रहेका किराना आईटम, कस्मेटिक, गिफ्ट, इलेक्ट्रोनिक सामान, ग्रोेसरी सामान, डेकोरेसन सामान र कपडाहरु गरी अन्दाजी ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement
उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएर सामान निकाल्ने काम भइरहेको छ ।







