हात्तीलाई छेक्न लगाएको तारबारमा प्रवाह गरेको करेन्ट लागेर झापाको कचनकवलमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान ८:३० बजे कचनकवल गाउँपालिका-७ बैगुनबारी बस्ने ६५ वर्षीय तीर्थनाथ खनाल आफ्नै बारीमा बाख्रा चराउनको लागि गएकोमा तारबारमा छुन पुगी घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







