• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आमा ओछ्यानमा, छोरीछोरी पढाइबाट बञ्चित


  •    संवाददाता/ बुधबार, जेठ २९, २०८२  

  • “पढ्न मन लाग्छ, स्कूल जान मन लाग्छ”, बिर्तामोड-३ की ७ वर्षीया बालिका अनिषाले भन्नि, “बेला-बेलामा आमाले अह्राउनुभएको काम गर्छु ।” विद्यालय उमेरकी सात वर्षीया बालिका अनिषाकी आमा अनुता राई (मगर) पक्षघातका कारण कम्मरमुनिको भाग नचल्ने भएर ओछ्यानमै थलिएकी छन् ।

    आर्थिक अवस्था कमजोर भएका अनुताको परिवार हाल कष्टकर दैनिकी बिताइरहेको छ । अर्जुनधारा नगरपालिका-३ घर भई हाल बिर्तामोड-३ स्थित यातायात कार्यालय छेउमा बस्दै आएकी ३५ वर्षीया अनुताको करिब एक वर्षदेखि ओछ्यानमै दिन बितिरहेको छ ।

    Advertisement

    ह्वील चियरको सहायताले छोरा १५ वर्षीय समीर मगरले अनुताको हेरचाह गर्दै आएका छन् । शुरुमा सामान्य खुट्टा दुख्ने समस्या भएपछि बिर्तामोड नगर अस्पतालबाट उनले उपचार शुरु गरेकी थिइन् । थप उपचार गर्न बिर्तामोडको बिएण्डसी अस्पतालमा गएकी उनले एमआरआई मात्र गराइन् ।

    Advertisement

    डाक्टरले अस्पलतामै बसेर उपचार गराउनुपर्ने बताए पछि आर्थिक अभावका कारण उनी घरै फर्किइन् । बिस्तारै रोगले च्याप्दै गएपछि उनी ओछ्यान परेकी हुन् ।

    दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएकी उनी थलिएपछि उनका छोरा १५ वर्षीय समिर विद्यालय जान सकेका छैनन् । आर्थिक अभावसँगै आमालाई स्याहार गर्नुपर्ने जिम्मेवारी थपिएपछि उनी कलिलो उमेरमै शिक्षाबाट बञ्चितसमेत बनेका छन् । अनुताकी फुपू गंगीमाया राईले उनको परिवारलाई सकेको सहयोग गर्दै आएकी छन् ।

    उनी मात्र होइन, अनुताको ७ वर्षीया छोरी अनिषाले विद्यालय कस्तो हुन्छ भन्ने देख्न पाएकी छैनन् । “स्कूल जान मन लाग्छ, पढ्न मन लाग्छ”, अवोध बालिका अनिषाले भनिन्, “बेला-बेलामा आमाले अह्राएको काम गर्छु ।”

    अनुताको श्रीमान बस चालक हुन् । “श्रीमानले कमाएको पैसाले घरव्यवहार गर्दैै ठिक्क हुन्छ”, अनुताले भनिन्, “उपचार पाए निको हुने थिएँ, निको भएपछि काम गरेर छोराछोरी पढाउने थिएँ ।” उनले आफ्नो उपचारका लागि सहयोगी संघसंस्था, दाता, मनकारी महानुभावसँग अपिल गरेकी छन् ।

    सहयोगी महानुभावहरुले अनुता राईको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.मा रहेको खाता नं.०१८०५०८०३६२९७९ मा आर्थिक सहयोग गर्न सकिनेछ

    ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.