बेङ्गलुरुको चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो ।
उक्त जितको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला भागदौड मच्चिएको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेका तस्वीर सार्वजनिक भएका छन् ।
Advertisement
कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जालमार्फत घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् ।







