चारआली जेसीजले प्रकरण गोष्ठी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
जेसीजले आगामी जेठ २४ गते धुलाबारीमा अवस्थित टाउनहलमा कार्यक्रमको आयोजना गर्न लागेको चारआली जेसीजका अध्यक्ष सुजुप सुवेदीले जानकारी दिए ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको वक्ताहरुमा प्रतिनिधि सभाका सदस्यहरु योगेश भट्टराई र मनिस झा तथा नेपाल जेसीजका वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, हिमालयन टेलिभिजनका प्रधान सम्पादक तथा यक्ष प्रश्नका प्रस्तोता राजेन्द्र बानियाँ रहने अध्यक्ष सुवेदीले बताए ।
Advertisement
उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिन आयोजकले आग्रह पनि गरेको छ ।







