वर्षायाम सुरु हुँदै गर्दा माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ ।
शुक्रबार राति परेको हावाहुरीसहितको पानीले गर्दा माई खोलामा पानीको बहाव बढेर मानव बस्तीमा पसेको हो ।
झापा गाउँपालिकाको वडा नम्बर २ स्थित सुगाबथान, कुवारी, मिलन बस्तीलगायतका क्षेत्रका घरघरमा करिब एक फुटसम्म पानी पसेको छ । घरमा पानी पसेपछि स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थान वा सडकमा भेला हुन थालेका छन् ।
Advertisement
बाढीले किसानहरूको मकैबालीमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।







