• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षासेवी ढुंगाना र संगीतकार गजमेरलाई विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान


  •    संवाददाता/ बिहिबार, जेठ १६, २०८२  

  • यस वर्षको विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई प्रदान गरिने भएको छ ।

    बिर्तामोडको सिटी सेन्टरमा यही जेठ ३१ गते सो सम्मान दुवै व्यक्तित्वलाई प्रदान गरिने आयोजक गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष वीरु दर्नालले जानकारी दिए ।

    Advertisement

    गोरखाका राजा पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न आर्थिक अभाव भएसँगै युद्ध कला र हातहतियार खरिद गर्न विसे नगर्चीले आवश्यक सल्लाह दिएका थिए । पृथ्वीनारायण शाहको सारथी बन्न सफल उनै ऐतिहासिक ब्यक्तित्वको नाममा स्थापित विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान गत वर्षदेखि प्रदान गर्न थालिएको हो । यसलाई हरेक वर्ष निरन्तरता दिइने दर्नालले बताए ।

    Advertisement

    दलित समुदायका अग्रज, प्रेरणाका स्रोत विसे नगर्चीले राष्ट्र निर्माणमा दिएको योगदानलाई चीरस्मरण गर्दै वर्तमान युवा पुस्तासम्म पुर्याउन यस्तो कार्यक्रमको परिकल्पना गरिएको फाउण्डेशनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोशन नेपालीले बताए ।

    विभिन्न क्षेत्रका एकदेखि पाँच जनासम्म विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदा एक जना झापाबाटै हुनु पर्ने फाउण्डेशनको अवधारणा भएकोले यस पटक एक जना बाहिर र एक जना झापाबाट छनौट गरिएको महासचिव सुवास तिखत्रीले बताएका छन् ।

    झापामा बसेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरी केन्द्रीय स्तरमा झापाको नाम उच्च पार्न जीवन समर्पण गरेका त्यस्ता व्यक्तित्वलाई सम्मानका लागि चयन गरिएको तिखत्रीले बताए ।

    नेपाली चलचित्र बाँसुरी, कुसुमे रुमाल, लाहुरे, चिनो, दर्पण छायाँलगायत दर्जनौं चलचित्रमा कालजयी संगीत भरेर गजमेर नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय छन् । दार्जिलिङ निवासी गजमेरले सन् ७० को दशकमा रेडियो नेपालमा काम गर्दैगर्दा भारतीय चलचित्र उद्योगमा प्रवेश पाएका थिए ।

    नेपाली मादललाई बलिउडमा उनै गजमेरले पहिलो पटक परिचित गराउँदै स्थापितसमेत गराए । बलिउडका चर्चित संगीतकार आरडी वर्मन (पन्चम दा) को विश्वास पात्र बनेर उनको मृत्युपर्यन्त साथ दिएका थिए ।

    शिक्षा तथा समाजदेवी ढुंगाना मेची अंचलका स्थापित शिक्षा तथा समाजसेवी हुन् । नर्सरीदेखि डिग्रीसम्मको पढाई संचालन गर्ने कनकाई क्याम्पस बिर्तामोडका संस्थापक हुन् ढुंगाना । शिक्षा क्षेत्रको विकाससंगै विभिन्न सामाजिक क्षेत्रमा व्यक्तिगत लगानी गरेर समाजसेवामा पनि उनको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ ।

    मन्दिर, पुल, बाटो, आर्यघाट तथा आराम गृह आदि निर्माण गरेर झापा तथा शान्तिपुर इलाममा लोकप्रिय छन् ढुंगाना । तत्कालीन शान्तिपुर गाउँ पञ्चायतको अन्तिम निर्वाचित प्रधानपञ्चसमेत भएका ढुंगाना जीवनको उत्तरार्धमा बिर्तामोड-२ स्थित निजी जमिनमा विभिन्न रुख बिरुवा हुर्काएर पर्यावरण जोगाउ अभियानमा लागेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.