काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा राति पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै ठाउँहरुमा र बाँकी भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिवारसम्म पूर्वी भू-भागबाट मनसुन प्रवेश हुने प्रक्षेपण गरिसकेको छ ।
Advertisement







